झापा,१३ पुस । झापाको बिर्तामोड- ३ सूर्यनगर टोलमा रहेको रिद्धिसिद्धी भेनियर प्लाई उद्योगमा आज बिहान आगलागी भएको छ ।अनुप अग्रवालले संचालन गरेको सो प्लाई फ्याक्ट्री नजिकै साईडमा प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ (भेनियर )राखेको ठाउँमा बिहान ४ बजे अचानक आगलागी भएको हो ।
आगलागीबाट करिब तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, बिर्तामोड नगरपालिकाको दमकल, बिर्तामोड नगरपालिकाको ट्यांकर, मेचीनगर नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा अहिले बिहान सवा पाँच बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।