चुलाचुली, १३ पुस । इलामको चुलाचुली गाउँपालिकामा पालिकास्तरीय विभिन्न समन्वय समिति गठन गरेको छ ।पालिकाले पारित गरेको कार्यविधि -२०७९ बमोजिम युवा तथा खेलकुद, भाषा तथा साहित्य, आदिवासी जनजाति, महीला , दलित समन्वय समिति गठन गरेको छ ।
स्थानीय सरकारका रुपमा रहेको स्थानीय तहले पालिकाको समृद्धि तथा विकासमा टेवा पुरयाँउने उद्देश्यले ती समन्वय समिति गठन गरिएको अध्यक्ष राजेन्द्र केरुङले बताए । गठित ती सवै समन्वय समितिका पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष केरुङले मंगलवार सपथग्रहण गराएका छन् ।
कोइरालाको अध्यक्षतामा भाषा,साहित्य समिति
चुलाचुली गाउँपालिकाले साहित्यकार विवश बलिभद्र कोइरालाको अध्यक्षतामा चुलाचुली भाषा साहित्य कला संस्कृति तथा पर्यटन प्रवद्र्धन समन्वय समिति गठन गरेको छ ।
चुलाचुलीको भाषा साहित्य ,कला ,संस्कृति तथा पर्यटन प्रवद्र्धनमा सघाँउ पुरयाँउने उद्देश्यले सदस्यीय उक्त समन्वय समिति गठन गरिएको हो । गठित समितिको उपाध्यक्षमा साहित्यकार सुन्दर कुरुप, सचिवमा रुद्र प्रभात गिरी,सहसचिवमा चेतन आङथुपो, कोषाध्यक्षमा बबिता राई मनोनित भएका छन् । यस्तै सदस्यहरुमा घनेन्द्र केरुङ,उद्धव न्यौपाने,लक्ष्मण पौड्याल,लोकनाथ पौड्याल,नरेन्द्र राई, मणिकुमार केरुङ,बुद्धमाया राई ,कल्पना राई,मौषम राई र सीता दर्नाललाई मनोनित गरिएको उल्लेख छ ।
युवा तथा खेलकुद समन्वय समितिमा तुम्रोक
पालिकाले देवेन्द्र तुम्रोकको अध्यक्षतामा १५ सदस्यीय युवा तथा खेलकुद समन्वय समितिमा गठन गरेको छ । समितिका उपाध्यक्षमा राजेन्द्र मगर, सचिवमा लिलानाथ बाँस्कोटा, सहसचिवमा सन्देश राई र कोषाध्यक्षमा सोफिया केरुङ मनोनित भएका छन् । सदस्यहरुमा अर्पन राई, हर्क राई, रोसनी साँवा, कमी राई, विष्णु सम्बाहाम्फे, शुक्रराज लावती, नारायण निरौला, उद्धव ओझा, सागर फागो र चन्द्र राई मनोनित भएका छन् ।
महिला समन्वय समितिको अध्यक्षमा पौडेल
पालिकास्तरीय महिला समन्वय समिति गठन भएको छ । गाउँपालिकाभित्र महिलाको क्षेत्रमा काम गर्न पालिकाले स्वीकृत गरेको महिला समन्वय समिति गठन तथा संचालन कार्यविधि २०७९ बमोजिम समन्वय समिति गठन भएको हो ।
बैठकले भीमा पौडेलको अध्यक्षतामा १३ सदस्यीय समन्वय समिति गठन भएको हो ।समितिका उपाध्यक्षमा सन्तु लिम्बु, सचिवमा कला केरुङ, सहसचिवमा इश्वरा निरौला र कोषाध्यक्षमा गीता पुरी मनोनित भएकी छन् ।
सदस्यहरुमा हिमा भट्टराई, उमा राई, गोमा मिश्र, शान्तकला राई, सोनी श्रेष्ठ, सरीता राई, सृजना तामाङ र निरुता बाँस्कोटा मनोनित भएकी छन् ।
राईको अध्यक्षतामा आदिवासी जनजाति
मिलन राईको अध्यक्षतामा १५ सदस्यीय आदिवासी जनजाति समन्वय समिति गठन गरिएको छ ।समितिका उपाध्यक्षमा सुदेश राई, सचिवमा छलिमाया कुमाल, सहसचिवमा विजेन्द्र लिम्बू र कोषाध्यक्षमा सरु पालुङ्वा तथा सदस्यहरुमा नविनकुमार राई, प्रेमराज लावती, शशी मगर, मनोज राई, गंगाबहादुर राई, दिपक श्रेष्ठ, चन्द्रकला दनुवार, मनकुमार तामाङ, कलबहादुर धिमाल र रनमाया थलङ मनोनित भएका छन् ।
दलित समन्वय समितिको अध्यक्षमा नेपाली
पालिकास्तरीय दलित समन्वय समिति गठन भएको छ । गाउँपालिकाको दलित क्षेत्रमा काम गर्न पालिकाले स्वीकृत गरेको दलित समन्वय समिति गठन तथा संचालन कार्यविधि २०७९ बमोजिम समन्वय समिति गठन भएको हो ।
कार्यविधि बमोजिम समन्वय समितिका पदाधिकारी र सदस्यहरु गाउँकार्यपालिकाको बैठकले मनोनित गरेको हो । बैठकले जनकबहादुर नेपालीको अध्यक्षतामा १३ सदस्यीय समन्वय समिति गठन भएको हो ।
समन्वय समितिका उपाध्यक्षमा लक्ष्मी विक, सचिवमा खगेन्द्र दर्नाल, र कोषाध्यक्षमा पवित्रा बराईली मनोनित भएका छन् । त्यसैगरि, सदस्यहरुमा भिम धमला, मानबहादुर विश्वकर्मा, चक्र गजमेर, कल्पना विक घिमिरे, मिना दास, पवित्रा महरा र रत्नबहादुर तिरुवा मनोनित भएका छन् ।