दमक,११ पुस । दमक नगरपालिकाले दमक -१ का १०७ बर्षिय धनञ्जय घिमिरेलाई नगर पिता घोषणा गर्दै सय बर्ष माथिको ६ जनालाई ज्येष्ठ नागरिक सम्मान गरेको छ ।तेश्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसर पारेर नगरपालिकाले दमक ८ का १०६ बर्षिय कुबेरबहादुर श्रेष्ठ, दमक ३ की १०६ बर्षिया नरमाया सोराली, दमक १० की १०५ बर्षिया नर्वदा खनाल, दमक ७ की १०५ बर्षिया मिनादेवी कार्की र दमक १ की १०१ बर्षिया चन्द्रमाया लावतीलाई सम्मान गरेको हो । नगरपालिकामा उपलब्ध तथ्याकंका आधारमा दमककै ज्येष्ठ १०७ बर्षिय घिमिरेलाई नगर पिता घोषणासहित अन्य ज्येष्ठ नागरिकलाई सामूहिक रुपमा सम्मान गरिएको नगर प्रमुख रामकुमार थापाले बताए ।
उनीहरुलाई पूर्व प्रमुख इन्द्रबहादुर बुढाथोकी, नगर प्रमुख थापा, उपप्रमुख रेगिना भटट्राई प्रसाइँ लगायतले जाडोमा उपयोगी न्यानो कपडा, पोषणयुक्त आहारसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नगर प्रमुख थापाका अनुसार नगरपालिकाले ९० वर्ष माथिका ज्येष्ठ र अपाङगता भएकाहरुलाई घरघरमा पुगेर स्वास्थ्यकर्मीहरुको टोलीले तीन ÷तीन महीनामा नियमित स्वास्थ्य जाँच गर्नुका साथै औषधीहरु समेत निशुल्क उपलव्ध गराउदै आएको छ ।
कार्यक्रममा कार्यपालिका सदस्यहरु, वडाध्यक्षहरु , कर्मचारी लगायत सामाजिक , राजनीतिक व्यक्तित्वहरु लगायतको उपस्थिति रहेको थियो ।