
पथरीशनिश्चरे, ८ पुस । यहाँका एक नवदम्पत्तीले आफू पढ्ेको विद्यालयका विद्यार्थीहरुलाई जाडोका लागि स्वीटर प्रदान गरेका छन् । २०६३ सालमा एसएलसी उत्तीर्ण गरेका विक्रम योन्जन तामाङ र उनकी श्रीमती सरस्वती मोक्तानले पथरीशनिश्चरे नगर वडा नं ३स्थित जनता माध्यमिक विद्यालयका छात्रछात्रालाई न्यानो कपडा दिएका हुन् ।
आज विहीवार स्कुलमै पुगेर दाता दम्पत्तीले कक्षा १,२ र ३ मा अध्ययनरत ९० जना विद्यार्थीलाई स्वेटर प्रदान गरेका हुन् । यसैवीच विद्यालय प्रशासनले विद्यालयका पूर्व विद्यार्थी समेत रहेका दाता तामाङ दम्पत्तीले प्रेरणादायी सन्देश छरेको भन्दै उनीहरू दुवैको सेवाभाव कार्य प्रशंसनीय भएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।