रिभर भ्यू रिसोर्टमा गायक दिपक र जुनुको प्रस्तुति

दमक,८ पुस । झापाको कमल गाउँपालिका ५ लभडाँडामा रहेको रिभर भ्यु रिसोर्टले सेवा विस्तार गरेको छ ।दमकका व्यवसायी रुद्र कार्कीले पाँच वर्ष अघि सञ्चालनमा ल्याएको रिसोर्टले आफना ग्राहकहरुका लागि सुविधासम्पन्न लज सेवा विस्तार गरेका हुन् ।
लज सेवा विस्तारका क्रममा रिसोर्टमा पुस ९ र १० गते साँझ विशेष सांगीतिक कार्यक्रम समेत सञ्चालन गरिने तय गरिएको उनले जनाएका छन् । रिसोर्टमा मंगलबार पत्रकार सम्मेलन गरि रिसोर्टको सेवा विस्तारका क्रममा चर्चित गायक दिपक लिम्बू र गायिका जुनु प्रसाईको विशेष प्रस्तुति रहने जनाएको छ । गायकसंगै स्थानीय कलाकारहरुको समेत विशेष प्रस्तुति रहने छन् ।
उनका अनुसार साँझदेखि शुरु हुने सांगीतिक उत्सवमा रमाउन चाहने ग्राहकहरुबाट कुनै शुल्क नलिने तथा खानपीनका सवै उपभोग्य बस्तुमा आर्कषक छुटको व्यवस्था गरिएको छ ।
कोभिड महामारीका समयमा परेको प्रभावका कारण सुस्ताएको होटल तथा रेष्टुरामा जोखिम हटेसंगै थप सुविधा पुरयाँउन सेवा विस्तार गरिएको सञ्चालक कार्कीको भनाई छ । उनले भने, –‘अहिले सुबिधा सम्पन्न कोठा सहितको होटल, विभिन्न स्वादका परिकार पाईने बोतल हाउस रेस्टुरेन्ट , सुबिधा सम्पन्न ब्यान्केट हल, रमाईलो र मनोरम बाल उद्दान तथा बालबालिकाका लागी स्केटिङ समेतको यहाँ सुबिधा रहेका छन् । ’
अन्य होटल ,रेष्टुराको हाराहारी मूल्यमै यहाँ गुणस्तरिय सेवा उपलव्ध गराउन प्रतिवद्ध भएको उनको दावी छ । करिव ५० करोडको लगानीमा सञ्चालनमा रहेको सो रिसोर्ट दुई विगाह क्षेत्रफलमा फैलिएको छ ।

Leave a Reply

Your email address will not be published.