बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दमक ,७ पुस । बिद्यार्थी बोकेको एउटा स्कुल बसले आज अपरान्ह ठक्कर दिँदा झापाको कमल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र १० का २२ बर्षिय अभिषेक यादवको भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ बिद्यार्थी बोकेर जाँदै गरेको को १ क १३९१ नम्बरकको बस र विपरित दिशाबाट आउँदै गरेको प्रदेश नं १ –०२–०४८ प ३०८९ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमल ५ पाडाजुँगी नजिकै एकापसमा ठोक्किदा मोटरसाइकल चालक यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताए ।
ठक्करबाट सख्त घाईते भएका यादवलाई उपचारका लागि बिर्तामोडस्थित विर्ता सिटी अस्पताल विर्तामोड पुरयाँउनसाथ सवा ५ बजे चिकित्सकहरुले मृत घोषणा गरेका उनले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल पछाडी सवार सुनसरीकै रामकुमार खड्का घाईते भएका छन् । बसमा सवार सबै सकुशल रहेका जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.