जुनोटिक रोग तथा विषादी न्यूनिकरण स्कुल शिक्षा

पथरीशनिश्चरे ,७ पुस । मोरङको पथरीशनिश्चरे नगरको पशुपंक्षी शाखाले यस वर्ष पनि सामुदायिक विद्यालयहरुमा जुनोटिक रोग तथा विषादी न्यूनिकरण स्कुल शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगका बारेमा नगरपालिकामा रहेका ९–१२ कक्षा सम्मका मावि तहका १० वटा सामुदायिक विद्यालयमा १ दिने कार्यक्रम सञ्चालन गरिएको हो ।
नगरको पशुपंक्षी शाखाका प्राविधिक पर्वत साहका अनुसार ती विद्यालयका ७ सय ९२ जना विद्यार्थीले कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रमा कृषि तथा पशुपंक्षी शाखाका प्राविधिकहरु पर्वत साह, सविना राई, टीकादेवी राई सहितले सहजीकरण गरेका थिए ।
मौलिक हक अधिकार सम्बन्धी कानूनी परामर्श तालिम
मोरङको पथरीशनिश्चरे नगरपालिकाको वडा नं ८ मा ५ दिने कानूनी परामर्श तालिम सम्पन्न भएको छ ।नेपालको संविधान २०७२ र मौलिक हक अधिकार सम्बन्धी कानूनी परामर्श तालिम न्यायिक समितिको सहयोगमा सम्पन्न भएको हो।
तालिमको समापनका अवसरमा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले युवा पुस्तालाई कानून सम्बन्धी सूसुचित बनाउँदा आगामी पुस्तालाई न्यायका लागि सहज हुने औंल्याईन्।
स्थानीय प्रभात सामुदायिक युवा क्लबको आयोजनामा सञ्चालित उक्त तालिमको नगरपालिकाका कानूनी सल्लाहकार अधिवक्ता दीपक राईले सहजीकरण गरेको क्लबका अध्यक्ष नवीनजंग कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.