चन्द्रदर्शन शाकोसद्धारा रेडक्रसलाई ६ थान आइसबक्स प्रदान

दमक,७ पुस । कमल ५ पाडाजुंगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले आज नेपाल रेडक्रस सोसाईटी दमक उपशाखालाई ६ थान आइसबक्स उपलव्ध गराएको छ ।
संस्थाले मानवीय सेवा तथा आफना सदस्यहरुको सुविधाका लागि रेडक्रसलाई ती सहयोगी सामाग्री हस्तान्तरण गरिएको जनाएको छ । संकलित रगत अस्पतालसम्म सुरक्षित रुपमा लैजान चाहिने ती आइस बक्स संस्थाबाट उपलव्ध भएपछि नियमित सेवा सञ्चालनमा थप सघाँउ पुग्ने नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले बताए ।
ती सामाग्री संस्थाका अध्यक्ष शान्तकुमार राईसहित सञ्चालक समिति,कर्मचारीहरुले हस्तान्तरण गरे । संस्थाले सामाजिक उत्तरदायी अन्तर्गत ती सहयोग प्रदान गरिएको अध्यक्ष राईले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.