पथरीशनिश्चरे ४ मा लघु उद्यम तालिम शुरु

पथरीशनिश्चरे, ६ पुस । मोरङको पथरीशनिश्चरे ४ मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आजबाट व्यवसाय सचेतना तथा व्यवसाय उद्यमशीलता सम्बन्धी तालिम शुरु भएको छ ।
नगरपालिकाद्वारा आयोजित तालिममा वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले सहभागीलाई सफल उद्यमी वन्न शुभकामना दिए ।वडा सदस्य अमर बराइली, नगरको घरेलु तथा साना उद्योग विकास शाखा प्रमुख हेमचन्द्र दहालले पनि मन्तव्य व्यक्त गरे।
मोरङ्गका वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले सहजिकरण गरेको उक्त तालिममा ३० जनाको सहभागिता रहेको थियो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिकाका लघु उद्यमी वन्न चाहने आर्थिक विपन्नहरुका लागि यो वर्ष वडा नम्बर ४, ८ र ९ मा कार्यक्रम सञ्चालन भएको छ । अघिल्लो वर्ष वडा नम्बर १, २ र ३ मा कार्यक्रम सञ्चालन भएको थियो । यसैगरि वडा कार्यालयद्धारा सञ्चालित लैंगिक तथा सामाजिक समावेशी सम्बन्धी ७ दिने तालिम समेत सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published.