दमक ,३ पुस । झापा, गौरादह निवासी पूराना लोकगायक सीताराम ताजपुरिया सम्मानित भएका छन् । दमक नगर इसाई समाजले बुधबार दमकमा आयोजना गरेको वडादिन ख्रीष्टमस शुभकामना आदानप्रदान तथा सांगीतिक कार्यक्रमका बीच ताजपुरियालाई सम्मान गरेको हो । नेपाली लोकगीत,ंगीतमा ताजपुरियाले पुरयाँएको योगदान अतुलनीय भएको भन्दै दोसल्लासहित ताम्रपत्रका साथ सम्मान गरिएको दमक नगर इसाई समाजका समाजका अध्यक्ष हेमन्त सुब्बाले जनाएका छन् । समाजले बर्षेनी वडादिनको अवसरमा समाजमा विशिष्ट योगदान पुरयाँउने एक जना व्यक्तित्वलाई सम्मान गरिआएको छ ।
रेडियो नेपालमा ३४ वर्ष लामोसमय सेवागरी हाल सेवानिवृत जीवन बिताइरहेको पुराना लोकगायक ताजपुरियालाई दमक नगरपालिकाकी उपप्रमुमख रेगिना भट्टराई प्रसाईले दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र प्रदान गरेकी थिइन् ।
२०१५ मा गौरीगन्जमा जन्मिएका ताजपुरियाले २०४२ सालमा रेडियो नेपालमा प्रवेश गरि ३४ वर्षसम्म कार्यरत थिए । ताजपुरियाका दर्जनौ लोकगीतहरु रेर्कड भएको छ । त्यसमध्ये ‘गौरादहको बजारैमा माया हाम्रो बस्यो ’ भन्ने गीत आजसम्म गुञ्जयमान बनेको छ ।