झापा, ३० मंसिर । करेन्ट लागेर इलामको सन्दकपुरमा एक जना विद्युत मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा विद्युतका काम गरिआएका इलाम नगरपालिका ४ का ३० बर्षिय गोपाल राई रहेका छन् ।
शनिवार साँझ ५ बजे इलाम सन्दकपुर –४ माबु सायाङ्बामा विद्युतको पोलमाथि तार जडान गर्ने क्रममा राईलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल इलाम पुरयाँउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतकको शव सोही अस्पतालमा रहेको र घटनाका बारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।