पथरी जेसीजको अध्यक्षमा निर्मला निर्वाचित

पथरीशनिश्चरे, ३० मंसिर । यहाँको पथरी जेसीज वर्ष –२०२५ को अध्यक्षमा निर्मला भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् ।पथरी जेसीजको शनिबार सम्पन्न निर्वाचन कार्यक्रमबाट अध्यक्षमा वर्तमान महासचिव निर्मलाको एकल उम्मेदवारी दर्ताभएपछि उनी निर्विरोध निर्वाचित भएकी निर्वाचन संयोजक सुवर्ण खत्रीले बताए ।
यसैगरि, कार्यकारी उपाध्यक्षद्धयमा निरोज बस्नेत र विराज राजा कार्की ,उपाध्यक्षहरुमा सजिना सेन्चुरी, विजय सहनी, तीर्थराज अधिकारी र जीवन ढकाल ,सचिवमा हिमाल सेन्चुरी ‘समीर’ निर्विरोध निर्वाचित भएका हुन् ।
जेसीजको विधान अनुसार अध्यक्षले दुई जना कानुनी सल्लाहकार र महासचिव लगायतका पदमा मनोनयन गरिने बताईएको छ ।

Leave a Reply

Your email address will not be published.