दीपिनी आधारभूत विद्यालयको अध्यक्षमा ढकाल

दमक ,२९ मंसिर । दमक ५ स्थित दीपिनी आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजेन्द्र ढकाल चुनिएका छन् ।उनले आजनै विद्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् । उनलाई वडा अध्यक्ष इन्द्र गुरुङले ढकालसहित अन्य सदस्यहरुलाई पदभार ग्रहण गराएका छन् ।
सञ्चालक समितिको सदस्यहरुमा चैतन्य बराल, दिनेश राई, कृष्ण देवि बराल , अविना राई ,विन्दु सिटौला (लक्की ) , शिक्षक प्रतिनिधिका रुपमा ब्रबुवान दाहाल, पदेन सदस्य वडाध्यक्ष ईन्द्र वहादुर गुरुङ्ग र सदस्य सचिवका रुपमा प्रधानाध्यापक शेष कुमार निरौला चुनिएका छन् ।
दमक नगरपालिकाका शिक्षा शाखाका प्रमुख सोम प्रसाद गुरागाईको संयोजकत्वमा विद्यालय व्यवस्थापन समिति गठन गर्नका लागि सहजीकरण समिति बनेको थियो । बुधबार भएको सदस्यहरुवीच अध्यक्ष छनौट कार्यक्रममा सदस्यहरुसहित शिक्षा शाखाका प्रमुख गुरागाई, विद्यालयका संस्थापक अध्यक्ष शेर बहादुर भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
यसैवीच अध्यक्षको कार्यभार सम्हाले पछि बोल्दै नव निर्वाचित अध्यक्ष ढकालले यस दीपिनी आधारभूत विद्यालयलाई माध्यमिक बनाउन र यहाँको शैक्षिक गुणस्तर सुधार गर्न आफ्नो टीमले भरपुर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published.