श्रष्टा आचार्य प्रभाको लघुकथा सार्वजनिक

दमक,२९ मंसिर । दमक निवासी अग्रज साहित्यकार आचार्य प्रभाको ‘विधुर पुरुष’ लघुकथा संग्रह सार्वजनिक गरिएको छ । काठमाडौमा एक कार्यक्रमका बीच श्रष्टा आचार्यको कृतिको लघुकथा समाज नेपालका संस्थापक श्रीओम श्रेष्ठ रोदन, लघुकथा समाजका महासचिव सुमन सौरभ, साहित्यपोस्टका सम्पादक आश्विनी कोइराला र चलचित्र निर्देशक प्रकाश सायमीले संयुक्त रुपमा सार्वजनिक गरे ।
संग्रहभित्र एक सय लघुकथा संग्रहित छन् । कृति सार्वजनिकरण कार्यक्रममा बोल्दै अग्रज श्रष्टाहरुले साहित्यमा नारी हस्ताक्षर कम भएको बेला अभाव र संकटसँग जुझ्दै कृति ल्याएकोमा बधाई दिएका थिए ।
कृतिकार आचार्य प्रभाले ‘विधुर पुरुष’ मार्फत कथामा पुरुष पीडा बोल्न खोजिएको औल्याईन् । उनले भनिन्, ‘पुरुषको पनि आफ्नै पीडा हुन्छ, श्रीमती नहुँदा पुरुषमा कति असह्य पीडा हुन्छ भन्ने देखाउन कृतिको नामै विधुर पुरुष राखेकी हुँ।’ प्रमुख अतिथि भागिरथी श्रेष्ठले नेपाली साहित्यमा नारी हस्ताक्षर आउनु खुसीको कुरा रहेको बताईन् ।

Leave a Reply

Your email address will not be published.