दमक ,२९मंसीर । दमक नगरपालिका र प्रदेश १ सरकार सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बीच नगरपालिका भित्र निर्माण हुने भवनको मापदण्ड निर्धारण सम्बन्धि संझौतामा हस्ताक्षर भएको छ ।
राष्ट्रिय भवन संहिता कार्यान्वयनमा सहकार्यका लागी त्यस सम्बन्धी आज संझौता भएको दमक नगरपालिकाका सहायक ईन्जिनियर ओम राईले जानकारी दिए ।
संझौतामा मन्त्रालयका तर्पmबाट मन्त्रालयका सचिव अशोक कुमार शाह र दमक नगरपालिकाका तर्पmबाट नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले हस्ताक्षर गरेका छन् ।
यसअघि पनि दमक नगरपालिकाले भवन निर्माण संहिता लागु गरि यसलाई आन्तरिक रुपमा कार्यान्वयनमा ल्याएको भएपनि मन्त्रालयका कार्यक्रम अन्तर्गत संझौता गरिएको उपप्रमुख भट्टराईले बताईन् । मन्त्रालयसंग संझौतापत्रमा हस्ताक्षर गर्दै उपप्रमुख भट्टराईले दमक नगरपालिकाले यसअघिनै कार्यान्वयनमा ल्याईसकेको संहितालाई संझौता अनुसार अझ कडाईका साथ पालना गर्ने बताईन् ।
नेपाल भुकम्पिय जोखिममा रहेको देश साथै बिभिन्न प्राकृ िविपत्तिहरु आईरहने हुँदा संरचना निर्माण गर्दा संहिता अनुसारको हुनै पर्नेमा उनले जोड दिईन् ।
कार्यक्रममा मन्त्रालयका सचिव शाहले उक्त संझौता कुनै समय सिमा तोकेर भन्दा पनि सधैंका लागी गरिएको भन्दै मन्त्रालयले संझौता अनुसार कार्यान्वयन भए नभएको अनुगमन समेत गर्ने बताए।