पथरी उवासंघको निर्माणाधीन भवनमा आर्थिक सहयोग जुट्दै

पथरीशनिश्चरे, २३ मंसिर । मोरङको पथरीशनिश्चरे नगरस्थित पथरी उद्योग बाणिज्य संघको निर्माणाधीन भवनको निर्माण कार्य सम्पन्न गर्नका लागि विभिन्न उद्योगी तथा व्यवसायीबाट आर्थिक सहयोग संकलन हुने क्रम बढेको छ ।
सोहि क्रममा वर्तमान उपाध्यक्ष तथा आर्थिक संकलन समितिकी संयोजक आशा राईले उक्त भवन निर्माण कार्यको सहयोगार्थ १लाख १हजार रूपैयाँ सहयोग गरिन्।
त्यस्तै , पथरीशनिश्चरे १ मन्दिर लाईनका सुनचाँदी व्यवसायी तथा नेपाली काँग्रेस नगर सहसचिव खगेन्द्र बस्नेतले भवनको निर्माण सहयोगका लागि २५ हजार रूपैयाँ ,पथरीशनिश्चरे १ कै अलबेला टेण्ट हाउसका संचालक विकास महतो(विक्की)ले नगद रु ११हजार १ सय ११ रूपैयाँ सहयोग प्रदान गरेका छन् ।यस्तै, संघका सदस्य समेत रहेका नेपाली काग्रेस क्षेत्र न ३ प्रदेश (क) तर्फका सहसचिव नवीन (श्रीहाङ्ग )राईले ५०,१०० प्रदान गरेका छन्।
निर्माणाधीन भवनको लागि आर्थिक सहयोग पुर्याउने सबै व्यापारी , उद्योगी , व्यवसायी तथा समाजसेवीहरूमा धन्यवाद सहित उनीहरूको सहयोगको उच्च सम्मान गरिएको संघका अध्यक्ष धनकुमार तामाङले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.