दमक जेसीजले विभिन्न कार्यक्रम गरि जेसीज सप्ताह मनायो

दमक,२४ मंसिर । दमक जेसीजले बार्षिक रुपमा सञ्चालन गर्देआएको जेसीज सप्ताह यसवर्ष पनि विभिन्न कार्यक्रम गरि मनाएको छ ।गत मंसिर १९ बाट शुरु भएको जेसीज सप्ताहको आइतवार एक कार्यक्रम गरि औपचारिक रुपमा समापन गरिएको हो ।
दमक उद्योग वाणिज्य संघको सभाकक्षमा लैगिंक हिंसा विरुद्धको अभिमुखिकरण संगै जेसीज सदस्यहरुको दुर्घटना बीमा हस्तान्तरण लगायतका कार्यक्रम गरि जेसीज सप्ताह समापन गरिएको थियो ।
दमक जेसीज बर्ष २०२४ का अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षता तथा दमक जेसीजकी पूर्व अध्यक्ष समेत रहेकी दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँको प्रमुख आतिथ्यतामा भएको सो समापन कार्यक्रममा बोल्दै बक्ताहरुले जेसीजले समुदायलाई उत्तरदायी बनाउन भुमिका खेल्नुपर्नेमा जोड दिएका छन्। जेसीजले सञ्चालन गरेका सामाजिक कार्यक्रमहरु प्रशंसा योग्य भएको बताउदै प्रमुख अतिथि भट्टराईले यस्ता कार्यक्रमले समाज रुपान्तरणमा योगदान पुग्ने औल्याईन् ।
कार्यक्रममा जेसीज सप्ताह भव्य रुपले सम्पन्न गर्न विभिन्न कार्यक्रमहरुका संयोजकहरु तथा सहयोग पुरयाँउने व्यक्तित्वहरुलाई मायाको चिनो समेत प्रदान गरिएको सहदेव भट्टराईले जानकारी दिए ।
जेसीज सप्ताह समापन कार्यक्रममा दमक जेसीजका पूर्व अध्यक्षहरु पदम कोइराला, नरेन्द्र बराल, सुयोग खरेल, गोविन्दराज कट्टेल , पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेत, राजनीतिक दलका नेतृत्वहरु लगायतको आतिथ्य रहेको थियो ।
जेसीजले आफनो बार्षिक कार्यक्रम अन्तर्गत सदा बर्षझैं यस बर्ष पनि जेसीज सप्ताहका अवसरमा सामाजिक सेवा तथा सामाजिक सचेतना जगाउने किसिमका कार्यक्रमहरु सञ्चालन गरिएको उनले बताए ।
कोशी प्रदेश सभा सदस्य होमबहादुर थापाको प्रमुख आतिथ्यता तथा दमक -८ स्थित जेसीजको निर्माणाधिन सामुदायिक भवनबाट शुरु भएको सप्ताह
अन्तर्गत मैत्रीपूर्ण फुटसल प्रतियोगिता , बालबालिकाहरुका लागि स्वास्थ्य सम्बन्धिको सचेतना , युवाहरुको नेतृत्व र व्यक्तित्व बिकास सम्बन्धी तालिम, अटिजम केन्द्रका बालबालिकालाई त्यस सम्बन्धीको सचेतनासँगै शैक्षिक सामग्रीहरु वितरण गरिएको थियो । त्यसैगरि, दमक बसपार्क क्षेत्रमा सडक दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतना कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
१०९ जनाको दुर्घटना बीमा
यसैबीच दमक जेसीजका सदस्यहरुलाई संस्थाका महासचिव सहदेव भट्टराईको पहलमा सामूहिक दुर्घटना बीमा गरिएको छ ।प्रोटेक्टीभ माइक्रो इन्स्योरेन्स कम्पनीसँग गरिएको सम्झौता बमोजिम जेसीजमा आवद्ध बिमित सदस्यहरुलाई बीमा कार्ड पनि हस्तान्तरण गरिएको थियो ।
बिमितहरुलाई सो कार्यक्रम अन्तर्गत बीमाको नियमानुसार उपचार खर्च, स्थायी पूर्ण अपाङगता, अस्थायी अपाङगता र आकस्मिक मृत्यु लाभ शीर्षकमा ३ लाख रुपैयाँ सम्मको सुविधा प्रदान गरिनेछ । जेसीज सदस्यहरु १०९ जनाकै सो किसिमको बीमा गरिएको र तत्काल ९९ जनाका लागि बीमा कार्ड जारी भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.