झापा,२३ मंसीर । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम धनकुटा र रोल्पाबाट सिफारिसमा परेको छ ।
धनकुटा जिल्ला कार्यसमिति बैठकले महामन्त्री थापाको नाम प्रत्यक्षतर्फ एक नम्बरमा राखेर सिफारिस गरेको हो । यसअघि उनको नाम रोल्पाबाट सिफारिस गरिएको रोल्पा कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ ।
कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनका स्वकीय सचिव अनुपम जीसीले महामन्त्री थापासँगै अन्य चार जनाको नाम पनि प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार रोल्पाबाट महामन्त्री थापसँगै प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी, र ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको छ ।