बाला चतुर्दशीमा बाह्रदशीमा स्थानीय विदा

झापा,२३ मंसिर । झापाको बाह्रदशी गाउँपालिकाले बाला चतुर्दशी पर्वका दिन स्थानीय विदा दिएको छ ।गाउँ कार्यपालिकाको बैठकले हिन्दु धर्मावलम्बीहरुको बाला चतुर्दशी पर्वका अवसरमा यही मंसिर २५ गते सोमवार विदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवी शिवाकोटीले शुक्रवार सूचना जारी गरी सो दिन गाउँपालिका कार्यालय र मातहतका शाखा , वडा कार्यालय , शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरु बन्द रहने जनाएकी छन् ।

Leave a Reply

Your email address will not be published.