सरस्वती मार्ग टोल विकासको अध्यक्षमा पुनःखत्री

दमक, २२ मंसिर । दमक-८ मा रहेको सरस्वती मार्ग टोल विकास समितिको अध्यक्षमा पुनः चन्द्र खन्द्र खत्री चुनिएका छन् । टोल बिकास समितिको आज सम्पन्न साधरण सभाबाट खत्रीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।सामाजिक युवा व्यक्तित्व खत्री दमक जेसीजका पूर्व अध्यक्ष तथा नेपाल निर्माण व्यवसायी संघ झापाका कोषाध्यक्ष लगायतका सामाजिक संघसंस्थाहरुमा आवद्ध छन् ।
समितिको सचिवमा राजनकुमार लुइँटेल ,कोषाध्यक्षमा मनिषा खड्का र सदस्यहरुमा बेनु गौतम, अनुप नेम्बाङ, पर्शुराम लिङदेन, अर्जुन थपलिया, मनोहरि घिमिरे ,मिना खनाल सर्वसम्मत चयन भएका छन् । आजकै साधारण सभाले ७ सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरेको छ ।
सोहि साधारणसभाको बन्दसत्रले संस्थाका अध्यक्ष खत्रीले प्रस्तुत गरेको सांगठानिक र कोषाध्यक्ष मनिषा खड्काले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.