गौरादहमा एक पुरुष पोखरीमा मृत फेला

गौरादह,२२ मंसिर । झापाको गौरादह- १ सम्झना चौक नजिकैको धानखेतको पोखरीमा आज एक जना पुरुष मृत फेला परेका छन् । पाँचथर,आङसराङ घर भई हाल झापाको कमल गाउँपालिका ७ बाह्रघरेमा बस्दैआउएका करिव ५० बर्ष देखिने देबेन्द्र आङ्गदेम्बे मृत भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । गत मंसिर १८ गते गौरादह १ स्थित गुरुङ चौकको भाडाको घरदेखि एकाएक हराएका उनी आज साँझ ४ वजेतिर धान खेतको पोखरीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताए ।मृतकका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
मृतक आङदेम्बेको शबलाई प्रहरीको टोलीले आवश्यक कानुनी प्रक्रिया पु¥याँई दमक अस्पताल पोष्टमार्टमका लागि पठाईएको र घटनाका बारे थप अनुसन्धान शुरु गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published.