
पथरीशनिश्चरे,२२ मंसीर । मोरङको पथरीशनिश्चरेमा आज बुधबारदेखि ३ महिने सिलाई कटाई तालिम शुरुभएको छ । वडा नम्बर २ मा आयोजित महिला लक्षित सीपमूलक कार्यक्रम अन्तर्गत नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा गौरी इन्टरनेशनल टेक्निकल एकडेमी काठमाडौंले तालिम सञ्चालन गरेको हो । तालिमको आज एक कार्यक्रमका बीच उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन गरिन् ।
तालिम उद्धाटनका क्रममा उपप्रमुख वास्तोलाले सीममूलक तालिमबाट धेरै महिलाहरु आफै आत्मनिर्भर बन्न सक्ने बताउदै तालिम उपयोगी बनाउन आग्रह गरिन् ।
महिलाहरुका लागि घर घरमै यस्ता प्रशस्त अवसर आउदै गरेकाले आफूले चाहेको सीप सिकेर आर्थिक शसक्तीकरणतर्फ तालिमलाई व्यवहारमा लागू गर्नुपर्ने उनले सल्लाह दिईन् ।कार्यक्रममा नगरको घरेलु उद्योग शाखा प्रमुख हेमचन्द्र दहाल सहितको सहभागिता रहेको थियो ।
तालिममा २० जनाको सहभागिता रहेको छ । यसैबीच, आजनै नगर उपप्रमुख वास्तोलाले वडा नम्बर १ स्थित पथरी कृषि सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै नगरमा कृषि सहकारी क्षेत्रको श्रीबृद्धिको कामना समेत उद्घाटन गरिन् ।