
दमक,२२ मंसिर । सुनसरी र उदयपुरका दुई छुट्टाछुटै ठाँउमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सुनसरीको कोशी गाँउपालिका २ लौकहरीस्थित मधुबन सडक खण्डमा को २ त ९९६७ नम्बरको ट्रयाक्टरले को ३६ प ४०२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्थानीय ४० वर्षीय मनोज यादव घाईते भई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याक्टर चालक कोशी गाँउपालिका २ का १८ वर्षीय जितेन यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
उता उदयपुरको त्रियुगा नगरपालिका ११ मा बेल्टारबाट गाईघाट आउदैं गरेको प्रदेश नम्बर १ –०५–००१ प ३५९२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा स्थानिय ४६ बर्षिय कर्ण सुन्दास, त्रियुगा १३ राई चौकका चालक २९ बर्षिय बिरेन राई समेत घाईते भई उपचारका लागि न्युरो हस्पिटल बिराटनगर पठाईएकोमा उपचारको क्रममा सुन्दासको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।