दमक,२२ मंसिर । नेपाल च्याम्बर अफ कमर्स, दमकको दोस्रो अधिबेशनले पुनः राजेन्द्र कुमार ढकालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।शुक्रबार दमकमा सम्पन्न संस्थाको दोस्रो अधिवेशनले ११ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा अजय कुमार अग्रवाल, सचिवमा रामप्रसाद रिमाल, सहसचिवमा ख्याम सापकोटा र कोषाध्यक्ष शम्भु प्रसाद खतिवडा चयन भएका छन् ।
समितिका सदस्यहरुमा सन्दिप शाहेवाला, नविन सेडाईं, राजकुमार गुप्ता, रिङकुमार आचार्य, विन्दु सिटौला र कुसुम ढुंगेल चयन भएको जनाइएको छ ।दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा चेम्बर केन्द्रीय सदस्य ओम विमली, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, चेम्बर प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाल, आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख लभकुमार अधिकारीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।