
दमक,२१ मंसिर । नेपाल निर्माण व्यवसायी संघ झापाको प्रथम उपाध्यक्षमा दमकका युवा निर्माण व्यवसायी रमेश अधिकारी चुनिएका छन् ।
संघको आज सम्पन्न १४औ साधारणसभा निर्वाचन कार्यक्रम अन्तर्गत अधिकारी प्रथम उपाध्यक्षमा निविरोध निर्वाचित भएका हुन् । उनी माइक्रो कन्ट्रक्सन प्रालिका सञ्चालक हुन् ।
संघमा निर्विरोध चुनिएपछि उनले निर्माण व्यवसायका क्षेत्रमा आफूले सक्दो काम गर्ने प्रतिवद्धता जनाए ।निर्माण व्यवसायी अधिकारी दमक जेसीजका पूर्व अध्यक्ष ,दमक उद्योग बाणिज्य संघका पूर्व कार्यसमिति सदस्यसहित विभिन्न सामाजिक संघसंस्थाहरुमा समेत आवद्ध छन् ।