रोकिएको ट्याक्टरमा ठोक्किएर ज्यान गयो

झापा,२१ मंसिर । सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति-२ का ३५ बर्षिय भिमप्रसाद पौडेल रहेका छन् । प्रहरीका अनुसार मेचीनगर नगरपालिका -१२ स्थित राजमार्गमा सोमबार राती पौने ९ बजे रोकिराखेको को १ त ४०१६ नम्बरको ट्याक्टरमा पछाडिबाट मे ९ प ६००३ नम्बरको मोटरसाईकल ठोक्किदाँ मोटरसाईकलमा सवार पौडेल घाईते भई उपचारका क्रममा विर्तासिटी अस्पताल विर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.