झापामा चोरीका मोटरसाइकलसहित तीन जना पक्राउ

बिर्तामोड,२१ मंसिर । झापाको विर्तामोड क्षेत्रबाट चोरीका मोटरसाइकलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको विभिन्न स्थानबाट विभिन्न मिति र समयमा विभिन्न कम्पनीका मोटरसाईकल हराएको तथा चोरी भएको भनी जनगुनासो बढ्न थालेपछि खोजतलासका लागि ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मोटरसाईकलसहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार यसरी पक्राउ पर्नेमा विर्तामोड ३ का २३ बर्षिय रञ्जित राजवंशी, इलाम सूर्योदय ९ का २१ बर्षिय आशिष सुब्बा र वडा नं ८ का २१ बर्षिय विवेक घिमिरे रहेका छन् । उनीहरुलाई मे ६ प २५०५ र मे ११ प ९७३५ नम्बरको मोटरसाइलसहित पक्राउ गरी सोमबार जिल्ला अदालत झापाबाट सात दिनको म्याद थपको आदेश लिएर थप अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए

Leave a Reply

Your email address will not be published.