आजदेखि दमकमा वडास्तरिय मेयरकप फूटवल

दमक,२१ मंसिर । स्थानीय स्तरमा फूटवल खेलको बिकास गर्ने उद्देश्यले दमकमा आज मंगलवारदेखि पुस १ गतेसम्म प्रथम वडास्तरिय मेयरकप फूटवल प्रतियोगिता शुरु हुदै छ । दमक नगरपालिकाको दमक नगर फूटवल समितिको आयोजनामा हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको दमक नगर खेलकुद बिकास समितिका अध्यक्ष भिमराज केसीले बताए । प्रतियोगिताको उद्घाटन खेल दमक ६ र ८ वीच हुने छ भने भने नगरका १० वटै वडाको फूटबल टिमले भाग लिएका छन् ।
उक्त खेल दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा हुने छ । दमक नगर फूटवल समितिका अध्यक्ष मोहन मगरका अनुसार उक्त प्रतियोगितामा उत्कृष्ठ हुने खेलाडीले आगामी हुन लागेको अध्यक्ष कप र दमक गोल्डकपमा समेत अवसर प्राप्त गर्ने छन् ।
प्रतियोगितामा विजेता हुने टिमले नगद १ लाख ११ हजार एक ११ र उपविजेताले ५५ हजार ५ सय ५५ नगद,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ दि म्याचका रुपमा छानिने खेलाडीलाई नगद २ हजार, उत्कृष्ठ गोलकिपरलाई नगद ३ हजार, उत्कृष्ठ डिफेन्सलाई ३ हजार, उत्कृष्ठ मिडफिल्डरलाई ३ हजार,उत्कृष्ठ स्ट्राइकरलाई नगद ३ हजार, उत्कृष्ठ गोलकर्ता र सर्वोत्कृष्ठ खेलाडीका रुपमा एक जना खेलाडीले समेत नगद ५ हजार,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख बढी रुपैया खर्च हुने आयोजकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.