महिला अधिकारमा सरोकारवालाको जोड

दमक,२१ मंसिर । महिला मानवअधिकार रक्षक सञ्जाल मोरङ्ग, मिक्लाजुङ गाउँपालिका संगको सहकार्यमा कारितास नेपालद्वारा महिला अधिकार, महिलाका मुद्वा तथा स्थानीय सरकारमा महिलाको पहुँच बिषयक अन्तकृया सम्पन्न भएको छ । लैङ्गिक हिंसा बिरूद्वको १६ दिने अभियान अन्तर्गत आयोजित अन्तरकृया कार्यक्रममा संबिधानमा महिलालाई दिईएको अधिकार,महिला अधिकारका विषयमा चर्चा गरिएको थियो । उनीहरुले महिला अधिकार प्राप्तिका लागि गरिनुपर्ने सङ्गठित प्रयास,वजेट निर्माणको तहमा सरोकारवालाको भुमिका एवम स्थानीय सरकारले महिलाका सवालमा गर्न सक्ने भूमिकाको बिषयमा जोड दिएका थिए ।अन्तकृयामा संविधानसभा सदस्य तथा महिला अधिकारकर्मि अनिता परियारले सहजीकरण गरेकी थिइन् ।
अन्तरकृयामा मोरङ्ग, मिक्लाजुङ्ग गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत अभय गुप्ताले महिला अधिकार अधिकार प्राप्ति र कार्यन्वयन गरि दुई तरिकावाट हेरिनुपर्ने बताए ।
प्रमुख अतिथि गाँउपालिका उपाध्यक्ष दिनेश पौडेलले महिला लाई उत्पादन संग जोड्दा महिलाहरू सबल र सक्षम हुने वताउदै पालिकाले सोहिअनुसार कार्यक्रम तयार पार्ने र महिलाहरूले पनि कार्यक्रम माग गर्दा उत्पादन सग जोड्ने कार्यक्रम मागगर्न अनुरोध गरे ।
महिला मानव अधिकार रक्षक सन्जालकी अध्यक्ष बिष्णु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य राख्दै कारितास नेपालका प्रतिनिधि गोबिन्द राज कट्टेलले समुदाय स्तरमा बैदेशिक रोजगारले लैङ्गिक हिंसा बढ्न थालेकोले सचेतनाकरण लागि यस्ता कार्यक्रम स्थानीय समुदाय सग सहकार्यगरि गरिरहेको बताएका थिए। कार्यक्रममा महिला जनप्रतिनिधि,महिला समूहका प्रतिनिधि, अगुवा महिलाहरु उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.