कांग्रेस केन्द्रीय सदस्यमा पन्तको उम्मेदवारी घोषणा

दमक,२० मंसिर । नेपाल विद्यार्थी संघकी पूर्व केन्द्रीय उपसभापति समेत रहेकी झापा क्षेत्र न. ५ की महाधिबेशन प्रतिनिधि तुलसा पन्तले कांग्रेसको आसन्न १४ औं महाधिबेशनमा महिला कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छन् ।
पन्तले सोमबार दमकमा पत्रकार सम्मेलन गरि आफनो उम्मेदवारी घोषणा गरिन् । पार्टी नेतृत्वमाझ उम्मेदवारी घोषणा गर्दे उनले पार्टी निरन्रतालाई थप क्रियाशील बनाउन आफूले उम्मेदवार बन्न लागेको बताईन् ।
विद्यार्थी राजनीतिका क्रममा काठमाडौंको पदमाकन्या बहुमुखी क्याम्पसमा स्ववियू सदस्यहुदै उपसभापतिका जिम्मेवारी सम्हालिसकेकी नेतृ पन्तले शैक्षिक मुद्या, विकास निर्माण तथा महिला अधिकार स्थापित गर्न आफूले पहल गर्नका लागि उम्मेदवार बन्ने निधो गरेकी उल्लेख गरिन् । कांग्रेसको आन्तरिक नेतृत्व चयनका क्रममा देखिएको गुटउपगुट अन्त्य गर्दे साझा र हाम्रो कांग्रेस निर्माण गर्नका आफूले उम्मेदवार बन्न लागेकी प्रष्टयाईन् ।
कमल ७ निवासी नेतृ पन्तले आफनो उम्मेदवारीलाई साथ र सहयोग पुरयाँई दिन हुन देशभरिका पार्टी नेतृत्व ,महाधिबेशन प्रतिनिधिहरुमा अनुरोध समेत गरेकी छन् ।

Leave a Reply

Your email address will not be published.