बालसेवाले स्कुल बस खरिद गर्ने

झिलझिले,२० मंसिर । शिवसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत बिद्यालयले स्कुल बस खरिद गर्ने भएको छ ।मङ्गलबार बसेको बिद्यालय व्यबस्थापन समितिको बैठकले विद्यार्थीका लागि स्कुल बस खरिद गर्ने निर्णय गरेको हो । बैठकले विद्यार्थी ओसारपसार गर्न सहजताका लागि स्कूल बस किन्नका लागि पहल गर्ने साथै बिद्यालयको स्वर्णमहोत्सब आगामी फागुनमा गर्ने निर्णय समेत गरेको अध्यक्ष गोबिन ल्वागुनले बताए । उनका अनुसार स्वर्णमहोत्सवको अवसरमा स्मारिका प्रकाशन गर्ने र उक्त स्मारिकामा बिभिन्न लेख ,रचनाहरु सहित बिद्यालयको स्थापनाकालदेखि हालसम्मको गतिविधिलाई समेटिने गरि पाण्डुलिपी तयार गर्न शिक्षक दिनेश फुयाललाइ अख्तियारी दिएको छ ।

स्कुल बस खरिदका लागि अभिभावक,पूर्व विद्यार्थीहरुबाट आर्थिक सहयोग चाडै सुरु गरिने बिद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले बताए । स्कुल बस खरिद गर्न अभियान स्वरुप पूर्व विद्यार्थीहरुसंग समन्वय गरि आउदो शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याउने गरि काम थाल्ने प्रअ कार्कीले बताए ।
२०३० सालमा स्थापना भएको यस बिद्यालयमा हाल कक्षा ८ सम्म अङ्ग्रेजी माध्यमबाट पठन–पाठन हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published.