माओवादी केन्द्र गौरादहको अध्यक्षमा घिमिरे

अध्यक्ष :डण्डीराज घिमिरे


गौरादह ,१९ मंसिर ।
नेपाल कम्युष्टि पार्टी (माओबादी केन्द्र ) गौरादहको अध्यक्षमा डण्डीराज घिमिरे (विवेक ) चयन भएका छन् । माओवादी केन्द्रको नगर सम्मेलनले घिमीरेको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो ।
गठित कमिटीको वरिष्ठ उपाध्यक्षमा माधव भट्टराई, उपाध्यक्षद्धयमा कुमार खतिवडा र सुलोचना राजवंशी सर्वसम्मत् चयन भएका छन् ।
त्यस्तै सचिवमा शेरबहादुर कार्की, सहसचिवमा गणेश राजवंशी र कोषाध्यक्षमा पबित्रा शिवा सर्वसम्मत चयन भएका छन् ।
नगर इन्चार्ज हुकुम नेपालीको अध्यक्षतामा भएको अधिवेशन प्रदेशसभा सदस्य तथा पार्टीका झापा सह–इन्चार्ज झलकसिंह दर्लामी (सन्देश ) को प्रमुख आतिथ्य तथा पार्टीका झापा संयोजक मणिकुमार साम्पाङ –विजय ) को विशेष आतिथ्य रहेको थियो ।
सोही कार्यक्रमका वीच सहिद परिवार, बेपत्ता परिवार, घाइते, अपाङ, जेलजीवन विताउनेलाई सम्मान समेत गरिएको थियो । त्यस्तै सोही कार्यक्रमका वीच नेत्रबहादुर खत्रीद्धारा लिखित साहित्यिक पुस्तक ‘साहित्यिक रचना भाग १’ विमोचन समेत गरिएको थियो । पुस्तकको चर्चा जिल्ला समन्वय समिति सदस्य डण्डीराज घिमिरे (विवेक ) गरेका थिए ।

Leave a Reply

Your email address will not be published.