मेची सहकारीको कन्काई सेवा केन्द्र उद्घाटन

दमक ,१९ मंसिर । झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरूलाई लक्षित गर कन्काईमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
संस्थाले सेवा केन्द्र उद्घाटन गरेसंगै शेयर सदस्यका लागि बित्तीय साक्षरता कार्यक्रम समेत सम्पन्न गरिएको सहकारीका अध्यक्ष नारायण प्रसाद भट्टराईले बताए ।
सेवा केन्द्रको कन्काई नगरपालिका वडा न ३ का वडाध्यक्ष रुद्र प्रसाद चिमरियाले उद्घाटन गरे । यससंगै सहकारीले हालसम्म १० वटा स्थानमा आफनो सेवा केन्द्र सञ्चालनमा ल्याएको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोम प्रसाद बगालेले बताए । उनका अनुसार दमक ६ मा प्रधान कार्यालयसंगै कमल, बिर्तामोड, गौरादह, शिवसताक्षी, कन्काई, मोरङको उर्लाबारी, मिक्लाजुङ, पथरी र इलामको चुलाचुलीमा सेवा केन्द्र सञ्चालनमा रहेका छन् । इलामको इलाम बजार, मोरङको बेलबारी, लेटाङ लगायतको क्षेत्रमा नयाँ सेवा केन्द्र विस्तारको प्रकृयामा रहेको उनले बताए ।
सेवा केन्द्र उद्घाटनसंगै वित्तिय साक्षरता अभिमुखीकरणमा प्रमुख कार्यकारी अधिकृत वगालेले सहकारीका शेयर सदस्यले पाउने सेवा सुबिधा , बचत तथा सहकारीका विषयमा सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published.