दमक,१८ मंसिर । दमक जेसीजले यहि मंसिर १९ देखि २३ सम्म विभिन्न कार्यक्रम गरि जेसीज सप्ताह मनाउने भएको छ ।जेसीजलाई समुदायसम्म पुरयाँउने उद्देश्यका साथ बार्षिक कार्यक्रम अन्तर्गत जेसीज सप्ताह मनाउने भएको हो ।
दमक जेसीजले सोमबार पत्रकार सम्मेलन गरि जेसीज सप्ताहको तयारीका बारेमा जानकारी दिएको हो । जेसीज सप्ताह भव्य रुपले सम्पन्न गर्न कार्यकारिणी उपाध्यक्ष
उमेश गजमेरको संयोजकत्वमा मूल समिति गठन गरि काम थालिएको अध्यक्ष रामचन्द्र अधिकारीे बताए ।
जसअनुसार दमक- ८ स्थित निर्माणाधिन दमक जेसीजको सामुदायिक भवनमा विहान ८ वजे सप्ताहसहित त्यहाँ जडित खानेपानीको उद्घाटन गरिने कार्यक्रम रहेको छ । सोहि दिन विहान ११ं-३० वजे दमकको अक्सफोर्ड स्कूलमा बालबालिकामा हुने अटिजमका बारेमा जानकारीमूलक प्रशिक्षण हुने सप्ताह मूल समितिका संयोजक गजमेरले बताए ।
उनका अनुसार सप्ताह अन्तर्गत मंसिर २० गते विहान ७.३०वजे दमक १ को प्रजित बोर्डिङ स्कुलमा मैत्रीपूर्ण फूटसल ,विहान १०.३० वजे दमक २ को सरस्वती आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण ,दिउँसो २ वजे दमक २ स्थित हिमालय माविमा बालबालिकामा हुने स्वास्थ्य समस्याका बारेमा अन्तरकृयात्मक कार्यक्रम सञ्चालन गरिने छन् ।
यसैगरि, मंसिर २१ गते विहान ७.३० वजे दमक बसपार्कमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम, विहान ११ वजे दमक बहुमुखी क्याम्पसको हलमा नेतृत्व विकास सम्बन्धी तालिमको आयोजना गरिएको संयोजक गजमेरले बताए ।
सप्ताह कार्यक्रम अन्तगर्त मंसिर २३ गते दिउँसो २ वजे लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान अनुुरुप दमक उद्योग वाणिज्य संघको सभाहलमा अनुशिक्षण,जेसीज सदस्यहरुको स्वास्थ्य बिमा योजना हस्तान्तरणसहितका कार्यक्रम गरि औपचारिक रुपमा जेसीज सप्ताह समापन गरिने कार्यक्रम रहेको महासचिव सहदेव भट्टराईले जानकारी दिए ।दमक जेसीजका सदस्यहरुलाई लक्षित उक्त स्वास्थ्य बिमाको प्रायोजन महासचिव भट्टराईले गरेका हुन् ।
जेसीज सप्ताह सम्बन्धी जानकारीमूलक सो पत्रकार सम्मेलनमा दमक जेसीजका पूर्व अध्यक्षद्धय कमल कटुवाल, मुकेश अग्रवाल ,जेसीजका पदाधिकारीहरु,सदस्यहरुको उपस्थिति रहेको थियो ।