दमक ,१६ मंसिर । दमकका युवा व्यवसायी गणेश प्रधानले झापाको कमल गाउँपापालिकास्थित कमल नगर अस्पताललाई एक थान थाइराइड जाँच गर्ने मेशिन प्रदान गरेका छन् ।दमक- ६ स्थित गणेश सर्जिकलका प्रोपाइटर समेत रहेका सामाजिक ब्यक्तित्व प्रधानले अस्पताललाई रू ६ लाख ५० हजार मूल्य पर्ने थाइराइड जाँच उपकरण निशुल्क उपलब्ध गराएका हुन् ।
प्रधानले उक्त उपकरण कमल गाउँपालिका अध्यक्ष तथा कमल नगर अस्पतालका अध्यक्ष हुकुमसिंह राईलाई शुक्रवार हस्तान्तरण गरेका छन् । कमल ५ निवासी प्रधानले गाउँपालिकाबासीहरुको स्वास्थ्य जाँचलाई सेवामुखी पुरयाँउन ती उपकरण उपलब्ध गराएका बताएका छन्।सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा अस्पतालका चिकित्सक,स्वास्थ्यकर्मीहरु ,जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।