बोक्सा बोक्सी आरोप, बलात्कार समाजका कलंक

-डा.लेखनाथ न्यौपाने
विश्वका तिनै महिला चन्द्रमाको सफल यात्रादेखि वैज्ञानिक अनि उत्कृष्ठ राजनीतिज्ञ लगायतका स्थानमा आसिन भईसकेको आजको एक्काइसौ सताब्दीमा नेपालमा भने महिलालाई बोक्सीको आरोपमा अनेक यातना दिइनु निन्दनीय अपराध हो । रमिते बनेका समाज र यातना दिने समूह समाजका गोब्रे किरा हुन् । सन्तानलाई जन्मदिने आमाको कोखमा लात हानेर महिलालाई अपमान गर्ने, बलात्कार गर्ने जो कोही पनि तिनै कोखबाट जन्मिएका कुलंगार हुन् ।
आमा, संसारमा रहेका हरेक मानिस र प्राणीको प्रिय शव्द हो । यो शव्द भन्दा अर्को कुनै उत्कृष्ट र ममता लगायतका देनले भरिएको शव्द संसारमा छैन् । तिनै आमा जो सन्तानको सुखकालागि अहोरात्र काम गर्छिन । समर्पित हुन्छिन् । तिनै आमा हरेक दुःख र पीडामा सन्तानको मुस्कानकालागि भित्र रोएर पनि बाहिर हाँस्छिन् । तिनै आमा सन्तानको जन्म दिदा दिदै आप्mनो ज्यान बाजीमा राख्छिन र मृत्यवरणसम्म रोज्छिन् । तिनै आमा जसले आप्mनो छाती चुसाएर हुर्काउछिन् अनि राती नसुतिकन सन्तानको हेरविचार गर्छिन् । तिनै आमा जो भोको बसेर भए पनि सन्तानको भलो चिताउछिन् । तिनै आमा आज बोक्सी, फोहोरी, पाखे, औठाछाप वैष्या आदि आदि आरोप र सोही अनुसारको घृर्णित व्यवहारबाट प्रताडित छिन् । आरोप पनि अनेक छन् । आफुलाई धनी, शिक्षित ठान्नेहरु आमा बाबुलाई पाखे सम्झिन्छन् र साँथमा राख्न चाहदैनन् । तिनै आमाले जन्म दिएका छोरीहरु छोराहरु आम बाबु या ससुरा सासुलाई धर्मशालामा पुर्याउन उद्धत छन् । तिनै सन्तान, आफन्त आमा छोरी चेलीबेटी अनि छरछिमेकी मिलेर बोक्सी जस्तो अमानविय जघन्य अपराध गर्न गराउन लागिपरेका छन् । साञ्चै भन्नुपर्दा गिरोह नै खडा भएको छ । कतै देह व्यापारमा लगाउन त कतै विदेश या स्वदेशमै बेच्न अनि चरम यौन शोषण गरेर तृप्ती खोज्नेहरुको सख्या दिनानु दिन वढदै गएको छ ।

…………………………………………………………………………………………………………………………………………………………………………

यसरी नै बोक्सा बोक्सी पनि समाजको कलंक हो । कुनै मानिसले चाहदैमा यस्तो हुँदैन । समाजले हेपेका एकल महिला या शक्ति नभएका महिला या पुरुषमा लगाइने लान्छना मात्र हो । कतै कतै कुनै मानिसमा केही फरक शक्ति रहेको हुन्छ । त्यो फरक शक्तिलाइ नै समाजले गलत अर्थ लगाएर हेप्ने बहना बाहेक विज्ञानले बोक्सा बोक्सी हुन्छ भनेर प्रमाणित नगरेको कुरा हो । यसैले यसका पछि लागेर हिँडनु कसैलाई आरोप लगाउनु र समाजमा नराम्रा घटना घटाउने सबै दोशी हुन् । यस्ता दोशीलाई हदैसम्मको कर्वाही गर्नु हामी सबैको दायित्व हो । यदि गलत कार्यलाई या गलत कार्य गर्नेलाई सहयोग गर्ने या मौन बस्ने हामी सबै समाजका नराम्रा मानिसमा गनिन पुग्छौ ।

……………………………………………………………………………………………………………………………………………..
यस्ता घटना त हरेक दिन विभिन्न स्थानमा घटिरहेका छन् । धेरैजसो यस्ता निक्रिष्ट घटना समाजका अगुवा भनाउदाहरुले पैसा र पदको घमण्डमा मिलाउने गर्छन् । आफन्तले नै आफन्तको उठिबास लगाउछन् । बलात्कार गर्छन् । पिडितलाई अझ उल्टै दोशी देखाएर धम्काएर परिवारका अन्य सदश्यहरुलाई ललाइफकाई नभए धाक धम्की देखाएर घटना ढाकछोप गर्ने गरिन्छ । यति नभए पिडकलाई कित भगाइन्छ कित अदालतबाट नै विचौलिया मर्फत उन्मुक्ति दिइन्छ । आजसम्मको न्याय यस्तै यस्तै रहदै आएको कुरा घाम जस्तै छर्लङ छ । मानवता हराएका र पशुसम्मको जति पनि ज्ञान र बुद्धि नभएका अनि यौन पिपासुहरुको ठूलै दबदबा रहेको आजको अवस्थामा मानिसले मानिसको मर्म नबुझदा यस्ता निन्दनिय घटना घटाइने गरेका छन् । र, यसका ठेक्केदार पनि यहि समाजमा खुलेआम घुमिरहेका छन् । उनीहरुलाई साँथ दिइरहेका छन् यही समाजमा हुर्केवढेका, पढेलेखेका अनि सम्भ्रान्त पविारका ठान्नेहरुले । जसले मानवको मर्म समानता र भोक बुझदैन ऊ सम्भ्रन्त परिवार त के मानवका नाममा दानव हो भन्दा गलत नहोला ।
बोक्सा बोक्सी लगाउनु र यातना दिनु समाजको जगन्य अपराध हो भन्ने कुरा जान्नेहरुबाट नै यस्ता कार्य हुनेगरेका छन् । बोक्सा बोक्सी धामीभझाक्री समाजमा फैलिएका र पैmलाइएका गलत सस्कार हुन् । ठूला भनाउदाहरुले सानालाई आप्mनो बसमा राखेर उनीहरुबाट काम गराउने फाइदा उठाउने माध्यम मात्र हुन् । प्रकृतिका हरेक वस्तुमा आप्mनै गुण र शक्ति हुन्छ । यी शक्तिहरुको सही ठाउँमा सदुपयोग गर्न सक्नु पर्नेमा हाम्रो देशमा भने यस्ता व्याक्तिगत शक्तिको दुरुपयोग भएको हामीले देखिरहेका छौं । यिनै व्यात्तीहरु आज समाजमा आप्mनो शक्तिको दुरुपयोग गरेर धामीका नाममा या साधुबाबाका नाममा समाजमा यस्ता घटना घटाइरहेका छन् । केही मानिसहरु जन्मदै र उमेरसँगै भिन्न शक्ति लिएर जन्मिएका हुन्छन् । कसैमा केही प्राकृतिक शक्ति हुन्छ । उनीहरुले छोएमा या मत्र उच्चारण गरेमा विरामी व्याक्तीमा सकारातमक प्रभाव पर्न जान्छ । यही केही उदाहरणहरुलाई अनावश्यक प्रचार गरेर चिकित्सा विज्ञानलाई नै प्रभावित पार्ने कार्य भएका छन् । माथी भनिए जस्तै मानिसको सोच र भ्रमलाई केही कम गराउन र केही केही अवस्थामा सहयोगी पनि भएका घटनाहरु छन् । उनीहरुले पनि समाजमा सकारात्मक सन्देश दिनुपर्नेमा गैर जिम्मेवार र हिसात्मक काम गर्नु आप्mनो शक्तिको दुरुपयोग गर्नु हो । यसले समाजलाई अनावश्यक भ्रम छरिरहेको छ ।

यसरी नै बोक्सा बोक्सी पनि समाजको कलंक हो । कुनै मानिसले चाहदैमा यस्तो हुँदैन । समाजले हेपेका एकल महिला या शक्ति नभएका महिला या पुरुषमा लगाइने लान्छना मात्र हो । कतै कतै कुनै मानिसमा केही फरक शक्ति रहेको हुन्छ । त्यो फरक शक्तिलाइ नै समाजले गलत अर्थ लगाएर हेप्ने बहना बाहेक विज्ञानले बोक्सा बोक्सी हुन्छ भनेर प्रमाणित नगरेको कुरा हो । यसैले यसका पछि लागेर हिँडनु कसैलाई आरोप लगाउनु र समाजमा नराम्रा घटना घटाउने सबै दोशी हुन् । यस्ता दोशीलाई हदैसम्मको कर्वाही गर्नु हामी सबैको दायित्व हो । यदि गलत कार्यलाई या गलत कार्य गर्नेलाई सहयोग गर्ने या मौन बस्ने हामी सबै समाजका नराम्रा मानिसमा गनिन पुग्छौ ।

आफुलाई धनी, शिक्षित ठान्नेहरु आमा बाबुलाई पाखे सम्झिन्छन् र साँथमा राख्न चाहदैनन् । तिनै आमाले जन्म दिएका छोरीहरु छोराहरु आम बाबु या ससुरा सासुलाई धर्मशालामा पुर्याउन उद्धत छन् । तिनै सन्तान, आफन्त आमा छोरी चेलीबेटी अनि छरछिमेकी मिलेर बोक्सी जस्तो अमानविय जघन्य अपराध गर्न गराउन लागिपरेका छन् । साञ्चै भन्नुपर्दा गिरोह नै खडा भएको छ । कतै देह व्यापारमा लगाउन त कतै विदेश या स्वदेशमै बेच्न अनि चरम यौन शोषण गरेर तृप्ती खोज्नेहरुको सख्या दिनानु दिन वढदै गएको छ ।

…………………………………………………………………………………………………………………………………………

आजको एक्काइसौ शताव्दिमा पनि यस्ता अन्धविश्वासको पछि लागेर निरिह माथी दमन गर्ने जो कोही पनि समाजका र देशका भार मात्र हुन् । यस्ता भारलाई अबको सरकारले हदैसम्मको सजाय दिन सक्नु नै सरकारको उपस्थिति रहेको मान्न सकिन्छ । अर्को तर्फ विभिन्न खाले अन्धविश्वास र कुरीतिलाई पाठ्यपुस्तकमा नै समावेश गरेर हरेक खाले कुसंस्कार र अन्धविश्वासलाई बालबालिकाले सानै देखि वुभ्mनु जरुरी छ । नेपालमा अर्को अन्ध विश्वासको जरो छाउपडी हो । यसको विश्वासमा कयौं किशोरी तथा आमाहरुले अनाहकमै, अज्ञानताका कारण ज्यान गुमाइरहेका छन् । कति विभिन्न रोगबाट ग्रसित भएर वाँच्न वाँध्य छन् । गोठ र छाप्रामा जबरजस्ती राखेर राम्रो पोषिलो खानेकुरा खान नदिएर गतिला कपडा नदिएर बसेकै ठाउँमा मृत्युको मुखमा पुग्ने, सर्पले टोकेर मर्ने जस्ता समाचार दिनहुँ सुन्न पाइन्छ ।

आजको शिक्षित हुँदै गरेको समाजमा देखा परेको अर्को समस्या हो बलात्कार । पशुभन्दा पनि निक्रिष्ट यो कार्य दानवमा पनि नभएको गुण हो । यसले आजको समयमा छोरीचेली असुरक्षित भइरहेको प्रष्ट देखिन्छ । यसरी नै जाति भेद र कथित उचनिच जाति विच भइरहेका व्यवहार प्रति पनि सबैको ध्यान जानु आवश्यक छ । यस्ता विभेद अन्त्य गर्न सरकार एक्लैले सक्दैन । हामी आम नागरिकको भूमिका उच्च रहनु पर्छ । समाजले हामीलाई के दियो, सरकारले के दियो भन्दा पनि हामीले समाज र सरकारलाई के दियौ भन्ने तर्फ हाम्रो चिन्तन रहनु पर्छ । अब हामी सबैको दायित्व भनेको यस्ता कुरिती र अन्धविश्वासमा लागेर नागरिकलाई विवसता पूर्वक वाच्न वाध्य पार्ने जो कोहीलाई पनि कानुनको कठघरामा ल्याउन सहयोग गर्नु हाम्रो धर्म सम्झिनु पर्छ ।

अन्त्यमा बोक्सा बोक्सी, धामीझाक्री, छाउपडी, बलत्कार र जातिय विभेद समाजका कलंक हुन र यी कलंक हाम्रै समाजले जन्माएका हुन, ल्याएका हुन् । कुनै निरिह माथी या आप्mनो कुरा नमान्ने माथि विभिन्न लान्छना लगाएर, डराएर धम्काएर सहन विवस पर्नु भनेको मानिस होइन मानिसको नाममा कलक हो, उदन्डता हो, स्वार्थ हो, पशुपन हो । यस्ता कामको जति निन्दा गरे पनि पुग्दैन । (लेखक, दमकका होमियो चिकित्सक हुन् । )

Leave a Reply

Your email address will not be published.