रोटरी दमकको बार्षिकोत्सवमा रक्तदान र सम्मान


दमक,१४ मंसिर । रोटरी क्लब अफ दमकले आफनो ११औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसको अवसर पारेर आज दमकको गणतन्त्र चौंकमा बृहत खुल्ला रक्तदान कार्यक्रममा ६२ पिन्ट रगत संकलन गर्नुका साथै एक जना सामाजिक अभियानकर्मीलाई सम्मान गरेको छ ।
रोटरीले दमकमा रहेर सामाजिक कार्यमा अतुलनीय योगदान पुरयाँएको भन्दै शारीरिक रुपमा अशक्त मदन बोहोरालाई सम्मान गरिएकोछ । उनलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाले सम्मान गरेका थिए । त्यस्तै,प्रमुख अतिथि तिम्सीनाले रक्तदानमा सहभागिलाई प्रंशसा पत्र समेत वितरण गरेका रोटरी क्लव अफ दमकका सचिव झलराज गौतम (राजु )ले जानकारी दिए ।
क्लवका अध्यक्ष भरतकुमार चम्लागाईको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, लखनपुरस्थित शसस्त्र प्रहरी वल ३८ न. गणका गणपति सुवास भण्डारी,इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी नवराज कार्की, लायन्स इन्टरनेशनल ३२५ ए वानका गर्भनर एड अजय अग्रवाल, रोटरी पदाधिकारी,सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.