झापा, ११ मंसिर । झापाको मेचीनगर नगरपालिका -७ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर-७ का २४ बर्षीय मिन बहादुर उप्रेती, २४ बर्षीय अमृत सुन्दास, मेचीनगर -८ का २० बर्षीय सुसन राजबंशी र बुद्धशान्ति गाउँपालिका -१ का ३२ बर्षीय अर्जुन तामाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले हिजो चेकजाँचको क्रममा उनिहरुको साथबाट ४ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको जनाईएको छ ।