झापा, ११ मंसिर ।मोरङ र झापाको छुट्टाछुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार बिहान ७ बजेको समयमा मोरङको पथरी शनिश्चरे नगरपालिका २ जय चोक स्थित पुर्व पश्चिम राजमार्गमा प्रदेश १-०२-००४० प ७७८५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मिक्लाजुङ -७ मधुमल्लाका २५ बर्षिय मनिहाङ लिम्बूको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो भने सोही दिन बेलुका ६ बजे झापा, बिर्तामोड ९ स्थित भित्री सडक खण्डमा धान बोकेको प्रदेश १-०१-००१ त ८४८९ नम्वरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा ट्याक्टरमा सवार रहेका बिर्तामोड -९ का ७२ बर्षीय बुद्धिराज श्रेष्ठ घाईते भई उपचारका लागी विएण्डसी अस्पताल विर्तामोड लगिएकोमा उनको अस्पताल पुरयाँउन साथ मृत्यु भएको थियो ।
दुर्घटनामा संलग्न रहेका ट्रयाक्टर चालक ज्ञान बहादुर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएकोछ ।