चिया पत्ती टिप्दै गर्दा हात्तीले ज्यानै लियो

झापा,९ मंसिर । जंगली हात्तीको आक्रमणबाट झापाको भद्रपुर ९ का ६० बर्षिय राम बहादुर बुर्जा मगरको ज्यान गएको छ ।चिया पत्ती टिप्दै गर्दा हात्तीको आक्रमणमा परेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

मेचीनगर १४ स्थित टंक पौडेलको चिया बगानमा आज शुक्रबार बिहान साढे ६ बजे तिर चिया पत्ति टिप्दै गर्दा उनलाई जंगली हात्तीले एक्कासी आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.