रतुवामाईमा विपी चिन्तन प्रतिष्ठान गठन

अध्यक्ष: रिजाल

उर्लावारी,९ मंसिर । मोरङको रतुवामाई नगरपालिकामा विपी चिन्तन प्रतिष्ठान गठन गरिएको छ । सोमबार भएको भेलाले शैक्षिक व्यक्तित्व तुलसीराम रिजालको अध्यक्षतामा प्रतिष्ठानको नगर समिति गठन गरिएको हो ।

२१ सदस्यीय सर्वसम्मत गठित समितिको उपाध्यक्षमा गंगा प्रसाद गड्तौला,सचिवमा हेमराज गौतम,सहसचिवमा तेजप्रकाश बस्नेत ,कोषाध्यक्षमा यामबहादुर कार्की र सहकोषाध्यक्षमा मानबहादुर कार्की चुनिएका छन् भने प्रवक्ताको जिम्मेवारी डिगेन्द्र ढुंगानलाई प्रदान गरिएको प्रतिष्ठानका केन्द्रीय सदस्य श्याम लम्सालले बताए ।

यसैगरि सदस्यहरुमा निरा कट्टेल,इन्द्र लम्साल,शेखरकुमारी रिजाल लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published.