समाधिस्थल सरसफाईमा जुट्दै स्थानीयहरु

दमक ,९ मंसिर । आदिवासी रंगशाला तथा स्मृति पार्क प्रतिष्ठानले झापाको कमल गाउँपालिका ५ स्थित समाधिस्थलमा सरसफाई गरेको छ ।प्रतिष्ठानसहित एक दर्जन विभिन्न सामाजिक संघसंस्थाहरुको सहभागितामा शुक्रवार वृहत सरसफाई गरिएको हो । सरसफाईमा समाधिस्थल आसपासमा फालिएको फोहोरमैला संकलन गरि नष्ट गरिएको थियो ।
समाधिस्थलमा हुदैआएको फोहोरमैलालाई व्यवस्थित गराउन सचेतना दिने उद्देश्यले सरसफाई कार्यक्रम गरिएको प्रतिष्ठानका कार्यवहाक अध्यक्ष दिपेनवाला राईले बताए ।
उनका अनुसार सरसफाई कार्यमा विभिन्न जातिय संस्थासहित सगुन युवा क्लव, कमल उद्योग वाणिज्य संघ, लायन्स अफ कमल प्रोफेशनल लगायतका संस्थाका प्रतिनिधिहरुको उल्लेखीय सहभागिता रहेको थियो । सरसफाई शुभारम्भमा सहभागिहरुले यहाँको समाधिस्थल व्यवस्थापनमा राज्यले सहयोग नपुरयाएको गुनासो गरे । प्रतिष्ठानका कार्यवहाक अध्यक्ष राईले आदिवासी जनजातिहरुले बर्षोदेखि मृत्युपछि गरिदैआएको संस्कारस्थल संरक्षणमा राज्यका जिम्मेवार निकाय उदासीन भएको दावी गरे । समाधिस्थलको व्यवस्थापनमा वजेट माग गरिएपनि सरकारले यसलाई प्राथमिकता नदिनु दुःखद भएको उनको भनाई छ ।प्रतिष्ठानले व्यवस्थित समाधिस्थलसंगै रंगशाला निर्माणका लागि अगुवाई गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.