
पाँचथर,८ मंसिर । ट्याक्टर दुर्घटना हुँदा जिल्लाको याङ्वरक गाउँपालिका वडा नम्बर १ चिवाभन्ज्याङमा आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टर चालक सोही पालिका वडा नम्बर २ बस्ने ३३ वर्षीय नवराज बेघा रहेका छन् । बुधबार बिहान करीब ८.३० बजे भित्री सडक खण्डमा चिवाभञ्ज्याङबाट च्याङथापु तर्फ आउँदै गरेको प्र १–०१–००१ त ९५६२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट एक सय मिटर तल झरी दुर्घटना भएको जिल्ला प्रहरी पाँचथरले जानकारी गराएको छ ।
शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथर प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।