बोलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा, ८ मंसिर । झापा कनकाई नगरपालिका ३ पबित्रा पेट्रोल पम्प स्थित पूर्वपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्काई नगरपालिका ६ का ६० बर्षिय कबिराज बोहोरा रहेका छन् ।
दिउसो २ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे ९ प ६५१९ नम्बरको मोटरसाईकललाई सोही दिसा पछाडिवाट आउँदै गरेको मे १ ज १४०५ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो । बोलेरोको ठक्करबाट घाईते भएका बोहोराको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको हो । सो दुर्घटनाबाट बोलेरोमा सवार ४ जना यात्री समेत घाईते भएका छन् । घाईतेहरुको बिर्तामोडको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
बोलेरो र चालक ईलाम देउमाई नगरपालिका १ का २७ बर्षिय निमेश गुरुङ ईलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published.