
दमक, ८ मंसिर । झापाको दमक ५ को एक घरमा तास खेलिरहेको अवस्थामा ९ जना जुवाडे पक्राउ परेका छन् ।पक्राउ पर्नेमा घरधनी ४६ बर्षिय टेकबहादुर कार्कीसहित सोही स्थानका ५१ बर्षिय कुशराज खत्री, ५४ बर्षिय सुरेश भण्डारी, ३८ बर्षिय नारायण कडरिया, ४१ बर्षिय सुर्य न्यौपाने, ४८ बर्षिय खगेन्द्र भुजेल, ४० बर्षिय खगेन्द्र राजवंशी, सोही स्थान ८ का २९ बर्षिय प्रदिप थापा र कमल गाऊपालिका ५ का ३० बर्षिय सुरेश सुव्वा रहेका छन् ।
हिजो बेलुका साढे ३ बजे बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तिन बुङ ताससहित रु २९ हजार ७४५ रुपैया पक्राउ परेको प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताए ।