ब्राउन सुगर सहित एक जना पक्राउ

झापा, ८ मंसिर । झापाको कन्काई नगरपालिका -७ बिरिङबाट प्रतिवन्धित लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थान ३ का २८ बर्षीय सुप्रकाश राई रहेका छन् ।
हिजो बेलुका ६ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण कार्यालय व्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published.