प्रेस सेन्टर प्रदेश १ को अध्यक्षमा घिमिरे निर्वाचित

दमक,८ मंसिर । प्रेस सेन्टर नेपाल प्रदेश १ को अध्यक्षमा विनोद घिमिरे निर्विरोध निर्वाचित भएका छन् । प्रेस सेन्टरको मंगलवार विराटनगरमा सम्पन्न दोस्रो अधिवेशनले घिमीरेको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गरेको छ । निर्वाचित प्रदेश कमिटीको वरिष्ठ उपाध्यक्षमा नवराज कट्टेल, उपाध्यक्षद्धयमा डण्डीराज घिमिरे र राजन राई निर्विरोध निर्वाचित गरेको छ ।
त्यस्तै,प्रमुख सचिवमा सुजन तिमिल्सिना, सात सदस्यीय सचिवमा विदुर कटुवाल, घनेन्द्र केरुङ, गंगा राई, विशाल राई, शर्मिला विक, प्रमोद यादव, चिरञ्जिवी घिमिरे चुनिएका छन् ।
यसैगरि कोषाध्यक्षमा गोकुल पराजुली निर्विरोध भए । प्रदेश कमिटीको लेखा समिति संयोजकको जिम्मेवारी सुरेश कार्की र अनुशासन समिति संयोजकको जिम्मेवारी इश्वर थापाले पाएका छन् ।
प्रदेश समितिको कार्यसमिति सदस्यहरुमा मोहन भट्टराई, सुजता लिम्बू, एलिना दियाली, ब्रम्हलाल हजारी, प्रेक्षा राई मनिता, डाकमान राई, वीरबहादुर लिम्बू, आरपी भट्टराई, गोबिन्द बस्नेत, रामचन्द्र बम्जम, अनिता लिम्बू, राजु पाठक, बिनु तिम्सिना, लिलाराज झापाली, गजेन्द्र राई, सत्यनारायण शर्मा, गणेश तिम्सिना, जनक ढकाल, संजय याख्खा, थिरलाल विश्वकर्मा, राजेश पराजुली, डिकेश लामा, संगीता राई, रस्मी प्रधान, कृष्णजीत राई र सविना पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष महेश्वर दाहालको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा सहभागिहरुले मुलुकको समृद्धि तथा लोकतन्त्रको रक्षाका लागि प्रेस जगतले अझै सशक्त बन्नुपर्ने आवश्यकता औंल्याएका थिए  ।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश १ सचिव हेमराज भण्डारी,प्रेस सेन्टरका पूर्व महासचिव विष्णु सापकोटा जुगल, पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता बराईली, महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, पूर्व अध्यक्ष विक्रम लुईटेल, समाजवादी प्रेस संगठनका प्रदेश इन्चार्ज तीर्थ सिग्देल फोनिजका अर्जुन जम्नेली लगायतका वक्ताहरुले पत्रकारिता क्षेत्रका चुनौती र अबको दायित्वबारे चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.