भुकम्पपीडितलाई दमक नगरपालिकाको रु ५ लाख सहयोग

दमक,८ मङसिर । दमक नगरपालिकाले जाजरकोट भूकम्पपीडितलाई रु ५ लाख आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाको बिहिबार बसेको कार्यपालिका बैठकले नगरपालिकाको तर्फबाट त्यहाँका भुकम्पपीडितहरुका लागि रु ५ लाख रुपैयाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निणर्य गरेको नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराईले जानकारी दिईन् ।
गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिमका अधिकांस घर भत्काएको छ भने जनधनको ठुलो क्षति भएको छ ।
यसअघि समेत जिल्लाकै विर्तामोड नगरपालिकाले समेत त्यहाँका भुकम्पपीडितहरुको पुर्नावासमा सहयोग पुरयाँउन रु ५ लाख सहयोग उक्त राहत कोषमा पठाईएको नगर प्रमुख पवित्रा महताराले बताईन् ।

Leave a Reply

Your email address will not be published.