झापाका ५ वटै क्षेत्रमा कांग्रेसको नयाँ नेतृत्व

झापा,७ मंसीर । नेपाली कांग्रेसको १४ औ महाधिबेशनको प्रतिनिधि सभा क्षेत्रीय निर्वाचन अन्तर्गत हिजो भएको झापा जिल्लाका ५ वटै क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।

५ वटै क्षेत्रीय समिति र महाधिबेशन प्रतिनिधिहरूको चुनाबी परिणाम आज बिहानसम्म सबै सार्वजनिक भएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत सुवोधलाल चिलवालका अनुसार सार्वजनिक भएको मत परिणाम अनुसार क्षेत्र न १ मा ४३९ मत प्राप्त गरी क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकी बिजयी भएका छन । उनका प्रतिद्वन्दी गोपाल तामाङले १७५ मत प्राप्त गरी उपबिजेता भएका छन ।

क्षेत्र न।२ मा खगेन्द्र मैनाली बिजयी भएका छन । उनले ३७० मत ल्याएका छन । उनका प्रतिद्वन्दी मोहन सुब्बाले २१६ मत ल्याएका हुन ।

त्यसैगरी क्षेत्र न।३ मा ५२० मत ल्याएर गणेश पोखरेल क्षेत्रीय सभापतिमा पुनस् निर्वाचित भएका छन । उनका प्रतिद्वन्दी राजेन्द्र घिमिरेले १०८ मत प्राप्त गरे ।

क्षेत्र न।४ मा जयनारायण शाह बिजय भएका छन । उनले ४६४ मत ल्याए । उनी पनि यस अघि पनि क्षेत्रीय सभापति थिए । उनका प्रतिद्वन्दी नारायण बजगाईले २७४ मत ल्याएर उपबिजेतामा चित्त बुझाउनु पर्यो ।

त्यस्तै क्षेत्र न .५ मा त्यहाँका लोकप्रिय नेता ढुण्डीराज भण्डारी बिजयी भएका छन । उनले ४४७ मत ल्याए । उनी पनि यसअघि ५ नम्बर क्षेत्रको सभापति थिए । उनका प्रतिद्वन्दी रोशन कुमार गौतमले २६३ मत ल्याएर उपबिजेता भएका हुन ।

झापामा यस पटक भएको पार्टीको महाधिबेशनमा मिश्रित ढंगबाट उम्मेद्वार बिजयी भएका छन् । क्षेत्रीय समितिको पदाधिकारीदेखि महाधिबेशन प्रतिनिधिसम्म मिश्रित ढंगबाट उम्मेद्वारहरू बिजयी भएका पाइएको हो ।

खासगरी झापामा पछिल्लो समयमा दुई गुटको प्रभाव देखिएको थियो । नेता कृष्णप्रसाद सिटौला र पार्टी प्रवक्ता बिश्वप्रकाश शर्माको गुट देखिएको छ । यिनै दुई गुटका उम्मेद्वारहरू आआफ्नो प्यानल खडा गरेर चुनाबी मैदानमा खडा भएका थिए ।

झापा जिल्लामा नेता सिटौलाको बर्चस्व रहदै आएको भनिए पनि १४ औ महाधिबेशन पछि सिटौलाको बर्चस्व तोडिदै गएको पछिल्ला चुनाबका परिणामहरूले देखाएको छ ।

यस पटकको निर्वाचनमा पनि जिल्लामा शर्मा र सिटौलाको बराबरी जस्तो परिणाम आएको छ । शर्मा प्यानलका उम्मेद्वारले क्षेत्र न १ र ५ मा जीत हासिल गरेको छ भने सिटौला पक्षधर समूहले क्षेत्र न २ र ३ मा जीत हासिल गरेको बताइएको छ । क्षेत्र न। ४ मा भने दुबै पक्षको दाबी रहदै आएको छ ।

महाधिबेशन प्रतिनिधिमा पनि दुबै समूहका प्रतिनिधि समान ढंगबाट निर्वाचित भएका निर्वाचित परिणाममा देखिन थालेको छ ।
महाधिबेशन प्रतिनिधिमा जिल्ला सभापति उद्दब थापा,पूर्व सभापति सुधीरकुमार शिवाकोटी,गोपालकुमार बस्नेत,सांसद महिन्द्रकुमारी सुब्बा,डा.खगेन्द्र पाण्डव अधिकारी,सभापतिका प्रत्यासीहरू देउमान थेबे,रामबहादुर कट्टेल, लोकराज ढकाल,अशोककुमार पोखरेल, प्रेम सम्बाहाम्फे,छत्रबहादुर गिरी ,गौरादह नगर प्रमुख रोहित कुमार शाह, युवा नेता हुकुमसिंह राई, अनिलकृष्ण प्रसाइलगायत १२४ जना महाधिबेशनमा निर्वाचित भएका छन ।

Leave a Reply

Your email address will not be published.