
………………………………………………………………………………………………………………………………
हाम्रो शरीर विशेष प्रकारका अङ्ग र ग्रन्थीहरुबाट बनेको हुन्छ । शरीरमा रहेका असख्य ग्रन्थी र अङ्गहरु मध्ये एउटा हो थाइराइड, जो घाटीको अगाडी दाँया बाँया भएर पुतली आकारमा रहेको हुन्छ । र यसैसँग टासिएर अर्को पाराथाइराइड ग्रन्थि बसेको हुन्छ । जसको मुख्य काम भिटामिन डी को उत्पादन हो । भीटामिन डी को सहयोगमा शरीरलाई मजबुत बनाउने र हड्डी बलियो बनाउने क्याल्सियमको उपयोग हुन्छ । जसले शरीका हड्डी मजबुत बनाउनुका साथै अन्य धेरै काम गर्छ ।
……………………………………………………………………….
थाइराइडबाट धेरै मानिसहरु पिडित भएको भन्ने देख्न र सुन्न पाइन्छ । जसरी थाइराइड बारेमा डर र त्रास उत्पन्न भएको छ गाउँ समाजमा त्यस्तो भने केहि होइन । घाटिमा अगाडीका भागमा रहेको पुतली आकारको थाइराइड ग्रन्थी (गाउँ घरको भाषामा गाँड)ले एक प्रकारको हर्मोन(रसराग)को उत्पादनमा कमी या वेसी गरेमा शरीरले देखाउने केहि लक्षण र चिन्नहरुको समग्रता नै थाइराइड हो । विशेष गरेर महिलाहरुमा देखापर्ने यो समस्या समयमै पत्ता लगाई ग्रन्थीलाई सामन्य सक्रिय बनाउने औषधीको सेवन गेरमा निको हुन्छ
हाम्रो शरीर विशेष प्रकारका अङ्ग र ग्रन्थीहरुबाट बनेको हुन्छ । शरीरमा रहेका असख्य ग्रन्थी र अङ्गहरु मध्ये एउटा हो थाइराइड, जो घाटीको अगाडी दाँया बाँया भएर पुतली आकारमा रहेको हुन्छ । र यसैसँग टासिएर अर्को पाराथाइराइड ग्रन्थि बसेको हुन्छ । जसको मुख्य काम भिटामिन डी को उत्पादन हो । भीटामिन डी को सहयोगमा शरीरलाई मजबुत बनाउने र हड्डी बलियो बनाउने क्याल्सियमको उपयोग हुन्छ । जसले शरीका हड्डी मजबुत बनाउनुका साथै अन्य धेरै काम गर्छ । नेपाली शुद्ध भाषमा भन्दा गाँड हो थाइराइड । पहिलाको समयमा विशेस गरेर पहाड र हिमालमा वस्ने मानिसहरुमा आयोडिनको कमी भएका कारण गलगाँड आउने गर्दथ्यो । शरीरलाई चाहिने आवश्यक तत्व(थाइराइड हर्मोन) उत्पादन गर्न आप्mनो आकार वढाएरै भए पनि पुरा गर्ने शारीरिक सक्रियता थियो । र, आज पनि शरीरको यहि प्रक्रिया कायम छ । हो उही कुरा आजको वैज्ञानिक युगमा विरामको रुपमा व्याख्या गरिएको हो । तर गाँड मात्र वढनु र हर्मोनको कमीवेसी हुनुमा भने केहि फरक हुनसक्छ । गाँढ वढेर ठूलो हुँदा पनि शरीरमा कुनै लक्षण या चिन्ह देखा नर्पनु गाँड मात्र हो भने नवढीकन पनि विभिन्न लक्षण र चिन्न देखापर्नु थाइराइड हो ।
हाम्रो शरीरमा अनेकौ प्रकारका रसराग(हर्मोन) सक्रिय हुन्छन् । हरेक हर्मोनको आ–आप्mनै काम हुन्छ । यस्तै क्रममा थाइराइड ग्रन्थिले उत्पादन गर्ने हर्मोनको पनि आप्mनै काम हुन्छ । यो काम भनेको हामीले खाएको खानेकुरालाई राम्रोसँग पचाउनु र शक्ति उत्पादन गर्नु हो । यसका लागि शरीरलाई चहिने आयोडिनको शोषण गरेर ग्रन्थि मार्फत टाउकाको पछाडी भागमा रहेको पिट्युटरी ग्रन्थिको निर्देशनमा आवश्यक मात्रामा थाइराइड हर्मोन उत्पादन गर्नु, जसले पाचन प्रणालीलाई नियन्त्रण गर्छ । जसरी शरिरमा गुलियो पदार्थलाई पचाउने इन्सुलिन हुन्छ जसको कामी भएमा मधुमेह अथवा चिनी रोग लाग्छ त्यसरी नै थाइराइड हर्मोनको कमी भएमा मानिस मोटो हुने, छाला फुसा्रो हुने, भोक नलाग्ने, चाडो चिसो लाग्ने र वढी भएमा मनिस दुब्लो हुदै जाने, गर्मी धेरै लाग्ने, भोक धेरै लाग्ने, राती सुतेका बेलामा मुटु अनावश्यक रुपमा धड्किने, कमजोरी महशुष हुने जस्ता लक्षणहरु देखापर्छन् । माथी भनिएका लक्षण देखिएमा अथवा शरीर अनावश्यक रुपमा मोटो हँुदै गएमा या पातलो हुँदै गएमा एक पटक मधुमेह र थाइराइडको जाँच गराउनु आवश्यक हुन्छ ।
थाइराइडको जाँच सबै ठाउँमा नहुने, रिपोर्ट आउन समय पनि लाग्ने र केहि खर्चिलो पनि हुने हुँदा सर्व साधारणसम्म यो रोगको जाँच हुन सकेको छैन् । समयमा जाँच नहुदा या रोगको पहिचान नहुदा माथि भनिएका पिडा सहेर वस्न विरामीहरु वाध्य छन् । नेपाल सरकारका स्वास्थ चौकी हरेक गउँपालिकामा भए पनि रक्त परिक्षण नहुने,औषधी नपाइने, स्वास्थ कर्मी नियमीत नबसिदिने कारणले र थाइराइड सम्बन्धी टे«निङ नदिएका कारण समयमा नै पहिचान हुन सकेको छैन् । दुर–दराजका विपन्न परिवारले यो रोगका बारेमा जानकारीसम्म पाउन सकेका छैनन् । नेपाल सरकारले यस्ता रोगका बारेमा गाउँ गाउँमा सचेतना र घुम्ती शिविर मार्फत जनचेतना जगाउने र रगतको परिक्षण गर्ने व्यवस्था मिलाउनु आवश्यक देखिन्छ ।

थाइराइड हो या हैन भनेर रगतको विशेष जाँच हुन्छ । यसको नाम हो टि एफ टि(थाइराइड फङ्घसन टेष्ट) । नेपालमा केहि ठाउँमा मात्र यसको जाँच हुनेहुँदा र निजि ल्याबमा महंगो हुँदा सर्वसाधारणले चाहेर पनि आफुलाई यो समस्या छ या छैन भनेर थाहा पाउन सकिरहेको अवस्था छैन् । यसरी नै रोग पत्ता लागेपछि पनि यो रोग सम्बिन्धी विशेषज्ञ कम हुँदा विरामीले सास्ती पाएको देखिन्छ । हुनत एउटा मात्र औषधी र केहि परहेज भए पुग्ने हुँदा धेरै प्रकारका औषधीको सेवन गरिरहनु पर्दैन । तर पटक पटकको महंगो रगतको जाँच र बाहिरबाट आउने चिकित्सकको चर्को शुल्कका कारण उपचार धेरै महगो भएको छ । सरकारी स्तरबाट सक्रिय रुपमा कार्य भए केहि हदसम्म सहज हुने देखिन्छ ।
रोग लाग्यो भनेर निरासा आउन दिनु हुदैन । यो एउटा सामान्य समस्या हो । यसको समयमा नै जाँच र उपचार भए अरु स्वास्थ मानिस सरह रमाउन सकिन्छ । शारीरिक व्यायाम, साकाहरी भोजन, शुद पानीको प्रसस्त सेवन, जङ्क फुड(बजारे खाना)को कमी, कम्तीमा ७ घण्टाको आराम या निद्रा अनि सकारात्मक सोच बाट थाइराइड लगायत धेरै प्रकारका नसर्ने रोगहरुको नियन्त्रण गर्न सकिन्छ ।
एलोप्याथिक चिकित्सामा मात्र नभएर होमियोप्यथिक चिकित्सामा पनि यसको उपचार सम्भव हुने भएकाले विरामी वर्गमा यसको जानकारी हुनु जरुरी छ । सबै रोगको उपचार एलोप्याथिक चिकित्सामा मात्र हुन्छ भन्ने भ्रम रहेको र भ्रम छरिएका कारण विरामी महङ्गो चिकित्सा लिन वाध्य भएका छन् । त्यसैले विरामी वर्गले पनि आफु कुन चिकित्सा पद्धती अपनाउने र सुरक्षित उपचार पाउने भन्ने बारे पनि जनकारी राख्नु उपयुक्त हुन्छ । (लेखक : रीता होमियो क्लिनिक दमकका सञ्चालक हुन् ।)